विपक्षी नेताले नै गरे जेठ १५ मा संविधान आउने घोषणा

चैत ९, बारा-तमलोपार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आगामी जेठ १५ गते मुलुकमा नयाँ संविधान पाउने ठोकुवा गरेका छन् । नेता ठाकुरले नेपाली काँग्रेस र नेकपा एमालेले बहुमत शक्ति देखाएकाले नै मुलुकमा समस्या उत्पन्न भएको कुरा बताउँदै विगतमा नेपाली काँग्रेस र नेकपा एमालेले गरेको सहमतिअनुसार नै आगामी १५ गते मुलुकमा सहमतिको नयाँ संविधान लागू हुने बताए। तमलोपा बाराका अध्यक्ष नवलकिशोर सिंहको सभापतित्वमा भेटघाट कार्यक्रम भएको थियो ।