शीर्ष नेताले चाहना राख्ने हो भने दुई घन्टामा सहमति बन्छ : नेम्वाङ

चैत ९, काठमाडौँ-सभामुख सुवास नेम्वाङले राजनीतिक दलका नेताले चाहाना राख्ने हो भने २ घण्टामा संविधान बन्ने बताएका छन् । शीर्ष नेताले आत्मशक्ति र संविधान बनाउने भावना विभिन्न बाहनामा केन्द्रित बनेको हुँदा सहमती हुन नसकेर संविधानसभा प्रभावित हुने पुगेको बताए ।

सोमबार राजधानीमा नागरिक समाज नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले दलले आफ्नै घोषणापत्रमा उल्लेख गरेको बाचा बिर्सिएकाले र राष्ट्रप्रतिको जिम्मेवारी वहन नगरेकाले मुलुकले समयमै संविधान पाउन नसकेको दोहोर्याए ।

ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष सागरकुमार पाठकले नागरिकले सामाजिक सुरक्षा र न्याय पाउन नसकेको, महिला हिंसा दिनानुदिन बढ्दै गएको, राष्ट्रियतामा खलल पुगेको, संविधानका लागि विदेशीलाई गुहारिएको र महँगी एवम् भ्रष्टाचार पनि बढ्न थालेकाले रोक्ने पहल गरिदिन माग गरेका थिए ।