विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवाद, दुई जनाको मृत्यु

चैत ९, धनुषा-धनुषाको मदन आश्रित निमाविको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि पूर्व गाविस अध्यक्ष रामवली साहको घरमा हिजो बेलुका बैठक बसिरहेका बेला विवाद हुँदा दुई जनाको मृत्यु भएको छ । सबैला नगरपालिका–१ मा विद्यालय व्यबस्थापन समितिको अध्यक्ष चयनका विषयमा दुई पक्षवीचको विवादपछि भएको झडपमा ४० जनाको समूहले आक्रमण गर्दा ५० वर्षीय रामसेवक राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही समूहको गोली लागि स्थानीय रामप्रकाश यादव आज विहान मृत अवस्थामा फेला परेका छन् । सोही आक्रमणमा परी राम सागर साह गम्भिर घाइते भएका छन् । अन्य १४ जनाको जनकपुर अञ्चल अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।