माथिल्लो तामाकोशी प्रभावित गाविसबासीको आन्दोलन रोकियो

चैत ९, दोलखा-माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्थानिय संघर्ष समिति दोलखाले आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ । आयोजनाले विज्ञप्ति जारी गरी दोलखाबासीको लागि छुट्याईएको शेयर वितरण प्रक्रिया स्थगित गरेको जनाए पछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको हो । संघष समितिको तर्फबाट हिजो विज्ञप्ति जारी गर्दै माथिल्लो तामाकोशी आयोजनालाई जिवन्त राख्ने प्रयास सहित आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाईएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना संघर्ष समितिका संयोजक पदमराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोजनालाई सहज ढङ्गले अगाडि बढाउने बातावरण तयार गर्न सबैलाई आग्रह समेत गरिएको छ । प्रभावित गाविसको तर्फबाट आन्दोलन सुरु गरेकोे सघर्ष समितिले लामाबगर र गौरीशङ्कर गाविसले जतिनै सेयर पाउन पर्ने लगाएतको माग गरेको थियो । यसैबिच सेयरको माग गर्दै आयोजनामा सिभिल पट्टीको काम गर्ने मजदुरहरुले सुरु गरेको आन्दोलन भने आज १० औं दिन पनि जारी रहेको छ । मजदुरहरुले आयोजनामा प्रति मजदुर पाँच सय कित्ता सेयर माग गरेका छन् । मजदुरहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने र काममा नर्फकने बताएका छन् ।