बिजुलीबजारमा भूपू सैनिकको हत्या

चैत ९, काठमाडौं-काठमाडौँको थापागाउँ बिजुली बजार स्थित धोवी खोलामा नेपाली सेनाका अवकाशप्राप्त सुबेदारको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

सिंहदरबारबाट १ किलोमिटरको दुरीमा द्रोणबहादुर सेनको शव भेटीएको हो । दाङ घर भई बानेश्वर पञ्चकुमारी मन्दिर छेउमा हरी थापामगरको घरमा डेरा गरी बस्ने सेनलाई राति कसैले मारेर फालेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सेन हिजो राती घर नगए पछि पपिरवारले रातभरी खोजेको थियो । मृतक सेनको टाउकोमा चोट लागेको देखिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मृतक सेनका श्रीमती एक छोरा र दुई छोरी छन्।