ट्याक्टर पल्टिँदा चालकको मृत्यु

चैत ९,दैलेख- सुर्खेत–दैलेख सडक खण्डको सियाकोट नजिक छडाखोलामा अाइतबारराति भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार सडकबाट झण्डै डेढसय मीटर तल खोल्सामा ट्रयाक्टर खस्दा दैलेख भैरीकालिकाथुम गाविस–५ का चालक जगत थापाको घटनास्थलमै ज्यान गएको हो ।