आधुनिक सिंगापुर निर्माता ली कुआन यु रहेनन्

चैत्र ९, सिंगापुर- सिंगापुरलाई सानो बन्दरगाहबाट व्यापारिक सहर निर्माणकर्ता ली कुआन युको ९१ वर्षको उमेरमा निधन भएको छ।ली कुआन यु ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्री रहेका थिए । उनी सन् २०११ सम्म सरकारमा सक्रिय थिए ।सिंगापुरको समृद्धिको सबै श्रेय ली कुआनलाई दिने गरिएको छ। यद्यपि निरन्तर सरकारमा रहेका कारण उनको आलोचना पनि हुने गरेको थियो ।

सिङ्गापुरका संस्थापक र राष्ट्रपिता मानिनु हुने ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखिनै कडा निमोनिया रोगले ग्रस्त हुनुहुन्थ्यो । सिङ्गापुरमा यसवर्ष ‘स्वतन्त्रताको स्वर्ण जयन्ती’ मनाइदैँ छ । पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिनुभएको थियो ।यस अवधिमा उहाँले प्राकृतिकस्रोतमा एसियाकै गरिब द्विपीय राष्ट्रलाई समृद्ध र वलिष्ठ आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नुभएको थियो ।
सिङ्गापुरमा अपराध र भ्रष्टाचारको परिमाण अत्यन्तै न्यून रहेको छ । सिङ्गापुरमा सबैजसो जनताहरू लि लाई अत्यन्तै आदर र सम्मान गर्दछन् । ली शासनकालमा अभिव्यक्ति स्वतन्त्रतामाथि कठोरता अपनाएको र राजनीतिक विरोधीलाई निशाना बनाएको आरोप छ।ली कुआन युका छोरा ली सिएन लुंग सिंगापुरका वर्तमान प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा ली कुआन युको निधन सोमबार स्थाीय समयअनुसार ३.१८ बजे भएको उल्लेख छ । एजेन्सी