राजा महाराजाका झै जवर्जस्ती गरेर आन्दोलन रोकिँदैन : प्रचण्ड

चैत ७,सर्लाही-एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीमा संविधान बनाउनका लागि अझै वार्तामा बस्न आफू तयार भएको बताएका छन् । शनिबार सर्लाहीको ग्रामीण भेग हरकटवा पुग्नु भएका प्रचण्डले पत्रकार भेटघाटमा सत्तापक्षकै अडानका कारण सहमतीको वताबरण विग्रिएको धारणा राखेका छन् । विगतमा राजा महाराजाले जस्तै जवर्जस्ती गरे आन्दोलन नरोकिने चेतावनी दिए । बिस्तृत शान्ति सम्झौता, मधेस आन्दोलनपछि भएका सबै सम्झौताको भावना संविधानमा समेटिनुपर्ने बताउँदै प्रचण्डले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेर संविधानमा सुनिश्चितगर्ने भनेको अधिकारको बिरोध अहिले एमाले र कांग्रेसले गरिरहेको आरोप लगाए । शान्ति सम्झौतको जिवित हस्ताक्षरकर्ता भएकाले आफूले निकै लचकता अपनाएको दावी प्रचण्डको छ ।