कान्छि श्रीमती ल्याउने नायकको रुवावासी

काठमाण्डौ-‘दुई जोईको पोई कुना पसी रोई’ भन्ने उखान सञ्चारकर्मी तथा अभिनेता श्याम अर्यालको कलाकारितामा चरितार्थ भएको छ । सञ्चारकर्मी डब्बु क्षत्रीले लेखेको गजल ‘धेरै रोएँ तिम्रो यादमा छैन अब आँसु..’ बोलको म्युजिक भिडियोमा कान्छीको पछि लागेर जेठी पत्नीलाई धोकादिँदा अभिनेता अर्यालको रुवावासी भएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता अर्यालले जेठी घरमा हुँदाहुँदै कान्छी भित्राउने कार्य गरेका छन् । कान्छी बनेकी अभिनेत्री मोनिका दाहालले ५० लाख रुपैयाँ लिएर उनलाई छाड्दा जेठी पत्नी बनेकी मोडल खुसी घिमिरेले आत्महत्या गर्छिन् । तसर्थ पत्नी बियोगमा आँसु झारेर बाँच्न बाध्य हुन्छन् यी अभिनेता ।

जुगल डंगोलको संगीत रहेको गीतमा अञ्जना गुरुङको स्वर रहेको छ । रंग पत्रकार डब्बु क्षत्रीले निर्देशन गरेको यो म्युजिक भिडियोलाई मित्र गुरुङले सम्पादन गरेका हुन् भने निरोज श्रेष्ठले खिचेका हुन् । पत्रकार तथा निर्देशक क्षत्रीको गलज संग्रह ‘झरी’मा यो गीत रहेको छ ।