‘मैले गल्ति गरेको छु भने रेखाको नाम किन आउने?’ : सुदर्शन गौतम

चैत ७, काठमाण्डौ- नायिका रेखा थापाको लगानी र निर्देशनमा तयार भएको चलचित्र हिम्मतवालीमा पहिलो पटक अभिनय गरेका नायक सुदर्शन गौतमलाई केहि दिन अगाडी मात्र एक पत्रिकाले १५ जना यूवाको पैसा खाएर भागेको भन्ने कुरालाई उनले खण्डन गरेका छन् । दुवै हात नभएका सुदर्शनले शुक्रवार प्रेस विज्ञप्ती जारी गदैं उनले आफु जहाँ भएपनि खुल्लम खुल्ला बसेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले कसैको पैसा खाएको छु भने देखाउनुहोस् नभएर रेखाको फेसबुकमा कमेन्ट गरिन, लाइक गरिन भन्दैमा समाचार बनाउन पाइँदैन । मैले हिम्मतवाली फिल्ममा पैसा हालेको छैन र यदि भन्नेनै हो भने मैले बरु रेखालाई पैसा दिनुपर्छ ।’ यदि गल्ति गरेको भए रेखा थापाको नाम नजोडी समाचार बनाउन सुदर्शनले आग्रह गरे ।

‘बारम्बार रेखा थापाले सुदर्शन गौतम लाई यूज गरिन रे, मिस युज गरिन रे, पैसा खाइन रे, यस्तो रे उस्तो रे, सुदर्शनले हिम्मतवालीमा पैसा लगानी गरे रे ? के हो के यो सबै ? लाग्छ यो देशमा त् रेखा बाहेक अरु कोहि फिल्म नै बनाउदैनन, अरु कलाकारनै छैन’ प्रेस विज्ञप्तीमा उनले उल्लेख गरेका छन्, ‘रेखा थापा मेरो गद मदर र फादर हुन् । नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रयोगको रुपमा मलाई नयाँ परिचय दिलाउने नयाँ सोच र विचार बोकेकी र नेपाल राष्ट्रलाई बहुत माया गर्ने नेपाली नारि हुन् । सुदर्शन गौतमको रेखा थापा प्रति यो सास रहन्जेल सम्म सम्मान र आदर रहने छ ।’

अबको २ महिनापछि ‘सुपरहिरो’ नामक फिल्मको छायांकनका लागी सुदर्शन नेपाल आउन लागेका छन् । सुदर्शन गौतम बिगत ७ वर्ष देखि क्यानाडामा बस्दै आएका छन् ।