महानगरपालीकाले आज सम्म सबै फोहोर उठाई सक्ने

चैत्र ७, काठमाण्डौ—महानगरपालीकाले आज सम्ममा सडकमा थुप्रियका सबै फोहोर उठाई सक्ने जनाएको छ । औखरपौवा सिसडोलमा तत्काल शसस्त्र प्रहरी क्याम्प स्थापना गर्ने भए पछि शुक्रबार देखि फोहोर उठाउँन सुरु गरेको महानगरले आज सम्म उठाई सक्ने बताएको हो । यस अघि सिसडोलबासीले फोहोरको गाडिको ठक्करबाट मृतक बालकको परिवारलाई क्षतिपुर्तिको माग गर्दै व्यवस्थापनमा अवरोध पु¥याएका थिए । उनिहरुले सिसडोलमा भएको स्काभेटर, डोजर, लोडर र ट्रक समेत जलाई दिएका थिए । घटनापछि कर्मचारीको सुरक्षका कारण काम गर्न नसकीने बताउँदै छुटै आन्दोलन गरी कामकाज ठप्प पारेका थिए । सरकारले सिसडोलमा क्याम्प स्थापना गर्ने र्निणय गरे पछि काम पुनसुचारु भएको हो । त्यसैगरी घटनाको क्षतिपर्ति स्वरुप १० लाख दिने निर्णय भएको छ ।