चैत्र ६,काठमाण्डौ- राजधानीको बसन्पुर स्थित एक ट्युसन सेन्टरमा पढीरहेको अवस्थामा दुई छात्रालार्इृ एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् । उच्च स्रोतका अनुसार एसिड आक्रमण गर्ने जीवन बिकलाई प्रहरीले पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाएको छ । हनुमान ढोका प्रहरीले तत्कालै दोषीका बारेमा केही खुलाउन नमिल्ने जनाए पनि आजै ११ बजे प्रेस मिट गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
महानगरीय आयुक्तको कार्यालयबाट पत्रकार सम्मेलन गरी दोषीलाई सार्वजनिक गर्न लागीएको प्रहरी प्रवक्ता नारायण सिंह खड्काले जानकारी दिए । स्रोतका अनुसार बिकलाई बुधबार भारतबाट पक्राउ गरी नेपाल झिकाएको हो । प्रहरी प्रवक्ता खड्काका अनुसार एसीड आक्रमणमा परी गम्भिर घाइते बनेकी संगीता मगर बस्ने घरमै डेरा गरी बस्दै आएका थिए । यस अघि आक्रमणमा गम्भिर घाइते बनेकी संगीताले दिएको बयान र संकास्पद व्यक्ति उनी सबैभन्दा बढी देखिएको आधारमा बिकलाई पक्राउ गरेको हो । प्रहरीले बिक बाहेक अन्य संकास्पद ब्यति माथि पनि विशेष निगरानी गरेर स्केच बनाएर खोजीकार्य जारी राखेको थियो ।