बच्चाहरूलाई दिउँसो नसुताउनुहोस है

काठमाडौं-  बच्चाहरुलाई दिउसो सुताउने बान्नी छ भने अब नसुताउनुहोस् । एक अनुसन्धानअनुसार दिउँसो सुत्नाले बालबालिकाको स्वास्थ्यमा असर पर्ने देखाएको छ । दुई वर्षभन्दा बढी उमेरका बालबालिकालाई दिउँसो सुताउँदा त्यसको असर रातीको निद्रामा पर्छ । फलस्वरुप बच्चाको शरीरको सही विकास, व्यवहार र पूरै स्वास्थ्यमा हानिकारक असर पर्न सक्छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ता केरेन थोर्पेले शिशुहरुको दिउँसोको सुताईले उसको गुण, व्यवहार र शारीरिक स्वास्थ्यमा के असर पर्छ भन्नेबारे अनुसन्धान गरेका थिए ।