३७ बर्षअघिको मुद्धा बल्जिएपछि अदालत होइन अस्पतालमा अध्यक्ष पाण्डे

चैत ४, काठमाडौं- भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुटुमा अचानक समस्या देखिएपछि उनलार्इ अस्पताल भर्ना गरिएको छ। पाण्डेलाई काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । तीन दशक पुरानो मुद्दामा उनी मंगलबार साँझ पाण्डे पक्राउ परेका थिए । पाण्डेलाई आज जिल्ला अदालतमा उपस्थित गराईने भएको थियो pradip। सर्वोच्च अदालतले उनलाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश बदर गरे लगत्तै प्रहरी र अदालतका कर्मचारीको टोलीले पाण्डेलाई उनकै निवासबाट पक्राउ गरेको हो। पञ्चायतकालमा भ्रष्टाचार मुद्दामा पाएको कैद मिनाहा भैसकेको दावि गर्दै उनले आफूलाई पक्राउ गर्नबाट रोक लगाउन आदेशको माग सहित रिट दिएका थिए। पाण्डेलाई पक्राउ गर्ने प्रक्रिया रोक्नका लागि सर्वोच्च अदालतबाट यसअघि जारी भएको अन्तरिम आदेश मंगलबार खारेज भएपछि पक्राउ गर्न बाटो खुलेको हो। सर्वोच्च आदेशपछि प्रहरी मुख्यालयले पाण्डेलाई पक्राउ गर्न सिबिआइलाई विशेष निर्देशन दिएको थियो।

कायममुकायम प्रधानन्यायाधीश क ल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकास मिश्रको संयुक्त इजलासले पाण्डेलाई पक्राउ नगर्न यसअघि सर्वोच्चकै एकल इजलासले दिएको आदेशलाई खारेज गरेपछि फैसला कार्यान्वयनका लागि मार्गप्रसस्त भएको हो। काठमाडौं जिल्ला अदालतले पक्राउका लागि गरेको परिपत्र रोक्न माग राखेर पाण्डे गत भदौमा पाण्डले गत भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए।
पाण्डेबिरुद्ध ३७ बर्ष अघि चलेको एक भ्रष्टाचार मुद्दामा भएको फैसला कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालतको तहशिल शाखाले सुरक्षालगायत सम्बद्ध निकायमा परिपत्र गरेपछि दिएको रिटमा गत भदौ ५ गते न्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले पक्राउ पत्र रोक्न अन्तरिम आदेश दिएपछि फैसला कार्यान्वयन रोकिंदै आएको थियो। तत्कालिन राजा विरेन्द्रको हुकुम प्रमाङगीबाट भ्रष्टाचारको कसुरमा माफी मिन्हा भएकाले पक्राउ गर्न नमिल्ने दाबी पाण्डेले लिंदै आएका थिए।