पशुपतिमा देश उद्धार महापूजा सम्पन्न

चैत ४, काठमाडौं- काठमाडौंको पशुपतिमा देश उद्धार महापूजा भएको छ । पूजा मंगलबार बेलुकी शुरु भएर राती सकिएको हो । हरेक वर्ष चैत कृष्ण द्धादशीका दिन देश उद्धार पुजा हुने गर्दछ । देशपुजा भनेर पशुपतिमा रहेको क्षेत्रपाललाई देशको उद्धार होस, रोगव्याधि नलागोस, अन्यौल अस्थिरता नहोस् भन्ने कामनाका साथ पुजा गरिन्छ ।

यो पुजामा नेपाली समाजमा रहेको ब्राम्हण , क्षत्री , वैश्य र शुद्र समुदायको प्रतिनिधिहरुसँगै बसेर महापुजा गर्ने पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम बैद्यले बताउनु भयो । पशुपति क्षेत्रमा देशउद्धार पुजा गरिने भएकोले त्यहाँका स्थानीयबासिन्दाको बूढो पास्नी गरिदैन ।