संविधानसभा महासचिवमा भट्टराई पुनर्नियुक्त

चैत ३, काठमाडौ- संविधानसभा तथा व्यवस्थापिका संसदको वर्तमान महासचिव मनोहरप्रसाद भट्टराई पुनर्नियुक्त हुनुभएको छ ।पाँच वर्षको कार्यकाल सकिएपछि संविधानसभाका अध्यक्ष सुभाष नेम्बाङको सिफारिसमा राष्ट्रपति डा रामबरण यादवले भट्टराईलाई पुनर्नियुक्त गर्नुभएको हो । भट्टराईलाई सभाध्यक्ष नेम्बाङले आज दिउँसो सपथग्रहण गराउने कार्यक्रम रहेको संविधानसभा तथा व्यवस्थापिका संसदका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।