नेपाल थामी युवा संघको प्रथम ऐतिहासिक राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न

चैत ३, काठमाडौ- काठमाडौ र नेपाल थामी यूवा संघको ऐतिहासिक प्रथम राष्ट्रिय भेला काठमाण्डौस्थित अनामनगरको तमु बौद्ध सेवासमितिको हलमा भव्यताका साथ सु–सम्पन्न भएको थियो । यहि शनिवार भएको उक्त भेलामा संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको समु–उद्घाटन भएको थियो । भेलामा दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, भोजपुर, उदयपुर, सर्लाही लगायत सबै जिल्ला गरी लगभग २०० जना थामी युवायुवती तथा थामी बन्धुहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्य बिशिष्ट अतिथिहरुमा कविराज थामी, डम्बर बहादुर थामी, टहल थामी, महासचिव सुकबीर थामी र नेपाल थामी समाजका अध्यक्ष बिनकुमार थामी लगायतका थामीहरुले सम्बोधन गर्नुभएको थियो भने सभापति रियाज थामीले भेलाको समापन गर्नु भएको थियो । भेला बेलुकी ६ बजे समापन भएको थियो ।

७ बजेबाट बन्द शत्र शुरुएको थियो । बन्द शत्रमा संघका संयोजक तथा भेलाका सभापति रियाज थामीले प्रस्तुत गर्नुभएको सांगठनिक तथा प्रगति प्रतिवेदन र भेला मुलआयोजक समितिका संयोजक बिकेश थामीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन प्रतिनिधीहरुले कर्तलध्वनीका साथ पारित गरेका थिए भने बिधान मस्यौदा समितिको संयोजकको जिम्मा नेपाल थामी समाजका निबर्तमान अध्यक्ष कविराज थामीलाई दिईएको थियो । मस्यौदा बिधानको प्रस्तावना र उद्धेश्य संयोजक, कविराज थामीबाट वाचन भएपछि भेलाका सभापति तथा तदर्थ समितिका अध्यक्ष रियाज थामीले तदर्थ समितिको बिघटनको घोषणा गर्नुभएको थियो । नयाँ कार्यसमिति चयनका लागि थामी समुदायकै पहिलो पत्रकार तथा थामी समुदायका बुद्दिजीबी टहल थामीको अध्यक्षतामा निर्बाचन मण्डल बनेको थियो । निर्बाचन मण्डलले नयाँ कार्यसमिति चयनका लागि निर्बाचन प्रकृया अगाडि बढाई सकेपछि नया कार्यसमितिका लागि बिधानमा ब्यबस्था भए बमोजिमका विभिन्न पदहरुमा उम्मेदवारी दिने काम भएको थियो ।

उम्मेदवारी दिनेमा अध्यक्षमा तदर्थ समितिका सह(संयोजक बिकेश थामीको मात्र उम्मेदवारी परेको थियो ।अन्य उम्मेदवारी नपरेको पछि बिकेश थामी अध्यक्षतामा सर्वसम्मतले निर्बाचित हुनुभएको थियो त्यस्तै महासचिव बाहेकका अन्य पदहमा पनि एक एकवटा मात्र उम्मेदवारी परेको थियो र उहाँहरु पनि सर्वसहमतीका साथ निर्बाचित हुनुभएको थियो । महासचिवमा भीम कुमार थामी र आदिवासी जनजाति उत्थान राष्ट«िय प्रतिष्ठानका कार्यालय सहयोगी कुन्ति थामीले उम्मेदवारी दिएका थिए । सहमतीका लागि निर्बाचन मन्डलबाट पटक पटक समय दिदाँ पनि सहमती हुन निकै समय पर्खनु परेको थियो । कुन्ति थामीले उम्मेदवारी फिर्ता लिएपछि भीम कुमार थामी महासचिवमा निर्बाचित हुनुभएको थयो ।

निर्बाचित पदाधिकारीहरु अध्यक्ष– बिकेश थामी,बरिष्ठ उपाध्यक्ष– युवन थामी ,महिला उपाध्यक्ष– सपना थामी ,पुर्वाञ्चल उपाध्यक्ष– रमेश थामी ,मध्यमान्चल उपाध्यक्ष– अशोक कुमार थामी ,महासचिव– भिम कुमार थामी ,उप–महासचिव– खुशी भाइ थामी ,प्रचार सचिव– टहल थामी ,संगठन सचिव– कुन्ती थामी ,कोषाध्यक्ष– सबिता थामी,सदस्यहरु सुन्दर थामी ,अनुराग थामी,लोक बहादुर थामी, खड्गराज थामी ,सुमेश थामी ,शमशेर थामी,एकराज थामी,राजु थामी,पूर्ण बहादुर थामी ,कल्याणी थामी,रमेश थामी रहेका छन ।