एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठक

चैत ३, काठमाडौ- एकीकृत नेकपा माओवादीको आष्कमीक केन्द्रीय कमिटीको बैठक आज बस्ने भएकोे छ । एमाओवादी केन्द्रीय समितिको बैठक अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडाँमा बस्न लागेको एमाओवादीले जनाएको छ । बैठकमा संविधान निमार्णमा सत्तारुढ दलहसँग कसरी सहमती गरेर अघि बढ्ने भन्ने षियमा छलफल हुनुका साथै ३० दलले आइतबार घोषणा गरेको आन्दोलनका विषयमा छलफल हुने बताइएको छ ।
आन्दोलनमा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिने र आन्दोलन सफल पार्ने रणनीतिबारे छलफल हुने स्रोतले बताएको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आइतबार बसेको बैठकले नेपाल बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
यसैविच विच कांग्रेस एमालेले मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउँन आग्रह गरेका छन् । आन्दोलन घोषणा प्रति असन्तुष्टी जनाउँदै सत्तारुढदलले आन्दोलन त्यागेर वार्तामा नआए रोकी राखेको संविधान प्रक्रियालाई अगाडि बढाईने चेतावनी समेत दिएका छन् । यता दलहरुको सहमतीका लागी संविधान सभा अनीशचीत समय सम्म रोकी राखेको भन्दै दलहरुविच सहमती हुन नसक्दा सभाध्यक्षले दुख ब्यक्त गर्नु भएको छ ।