विपक्षी मोर्चाले आन्दोलनको घोषणा गरेकोमा नेम्बाङद्धारा दुःख व्यक्त

चैत २, काठमाडौं- संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङले विपक्षी मोर्चाको आन्दोलन घोषणप्रति दुःख व्यक्त गर्नु भएको छ । नेम्बाङले संविधानसभालाई एक महिना अबरुद्ध पारेर विना जानकारी आन्दोलनको घोषणा गरेको भन्दै दुःख व्यक्त गर्नु भएको हो

सत्तापक्ष र प्रतिपक्षको वार्ता असफल भएको र विपक्षीले आन्दोलन घोषणा गरेको जानकारी पाएको भन्दै अध्यक्ष नेम्बाङले आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग यसबाट आफु स्तब्ध भएको बताउनुभयो । नेम्बाङले अहिलको अवस्थामा सहमतिको आवश्यकता भएको भन्दै सबैलाई सहमतिको प्रयासका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।नेम्बाङले दलहरुले संविधानसभालाई बेवास्ता गरेको पनि बताउनुभयो । गत माघ २९ गते दलहरुकै आग्रहमा संविधानसभाको बैठक अर्को सूचना नभएसम्म्का लागि स्थगित गरिएको भन्दै नेम्बाङले १० दिनका लागि भनेर रोकिएको बैठक एक महिना अबरुद्ध पार्नु अत्यन्दै दुखदायी भएकोब ताउनुभयो ।
सभाध्यक्ष नेम्बाङले सत्तापक्षका प्रमुख सचेतकहरुलाई आजै डाकेर एक महिना बैठक स्थगित गर्नुको औचित्यबारे सोध्नु भएको थियो । प्रमुख सचेतकहरुले दलको बैठकपछि जानकारी दिने बताएका छन् ।