चैत २, काठमाडौं- नेपाली कांग्रेसका नेता डा शंशाक कोइरालाले आफूलाई कार्यकर्ताले साथ दिए आगामी महाधिवेशनमा पार्टी सभापतिको लागि लड्ने बताउनु भएको छ ।आइतबार पार्टी कार्यालय फिदिममा पत्रकारहरुसंग उहाँले सो बताउनु भएको हो ।
उहाँले पत्रबारहरु सँग कुरा गर्दै आफू नउठ्ने तर कार्यकर्ताले साथ दिए सभापतिका लागि लड्ने स्पष्ठ पार्नुभयो । अहिले पनि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेर वहादुर देउवाको ६० र ४० को कार्यकर्ता रहेको अवस्थामा नयाँ ब्यक्ति सभापतिमा आउनुपर्ने नेता कोईरालाको भनाई थियो ।
उहाँले अर्को प्रसंगमा अन्तिम समय सम्म पनि एमाओवादीलाई पर्खेर सहमतिमा संविधान निर्माण गर्ने नभए प्रक्रियावाट गएर भएपनि लोकतान्त्रिक संविधान दिने दावी गर्नुभएको छ ।