शाहरुख खान र काजोल फेरी एक हुँदै

काठमाडौँ- शाहरुख खान र काजोललाई नजिक देख्न चाहानेहरुका लागी खुशीको खबर छ । लामो समयपछि बलिउड अभिनेत्री काजोल शाहरुखसँगै फिल्ममा देखिने भएकी हुन् । रोहित सेट्टीको नयाँ फिल्म ‘दिलवाले’मा यो जोडीेको रोमान्स पर्दामा देखिने भएको छ। मार्च २० बाट सुटिङ हुने भनिएको फिल्ममा काजोल र शाहरुखका साथमा वरुण धवन र कृति सनुनपनि देखिने छन्। फिल्म आउँदो क्रिमसममा रिलिज हुनेछ। शाहरुख(काजोल जोडी अभिनित फिल्म दिलवाले दुल्हनिया लेजाएंगे २५ वर्षदेखि मुम्बईको मराठा मन्दिरमा चलिरहेको छ। नेपालमा पनि यो फिल्म केही दिनदेखि प्रर्दशन भइरहेको छ।