अब बस्ने संविधानसभाको बैठक स्थगित हुन्न -नेम्वाङ

फागुन ३०,काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले संविधानसभा र जनताले अब धेरै कुर्न नसक्ने भन्दै चाडो सहमातिमा पुग्न दलहरुलाई सचेत गराउनु भएको छ ।लायन्स क्लव कैलाश काठमाडौंको तेस्रो महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दे उहाँले अब अनिश्चितकालका लागि संविधानसभा बैंठक स्थगित गर्न नसकिने बताउनुभयो ।

संविधानसभा स्थगित भएको एक महिना बितिसक्दा पनि दलहरु वार्तामा जुट्न नसक्नु दुःखद भएको भन्दै परिणाममुखि वार्ता नआए जनता अव चुप लाग्न नसक्ने उहाँले बताउनुभयो ।चुट्कीको भरमा संविधान बनाउँछौ भन्ने दलहरुले नसकेर हैन नगरेर संविधान जारी गर्न ढिलो गरेकोे दाबी शभाध्यक्ष नेमाङको दावी थियो ।अनिश्चितकालका लागि संविधानसभा बैंठक स्थगित गर्दासमेत आलटाल गर्नुले दलहरुप्रति जनताको अविश्वास बढ्दै गएको उहाँले स्पष्ठ पार्नुभयो ।

सभाध्यक्ष नेम्वाङले छिटो संविधान जारी नभए देश दुर्घटनामा पर्ने हुनाले दल र नेतालाई सकारात्मक दबाब दिन सबैलाई आग्रह गर्नुभयो ।संविधानसभाको बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको ३० दिन पुगेको छ । पछिल्लो पटक माघ २९ गते बैठक बसेको थियो ।