बालकोट बैठकमा ६ र ९ प्रदेशबीच मिलन बिन्दु खोज्ने प्रयास

फागुन २९,काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपीको बालकोटस्थित निवासमा एमाले र एमाओवादीका शीर्ष नेताबीच भएको छलफलमा संघीयताको विषयमा छलफल भएको छ ।बैठकपछि एमालेका प्रमुख सचेतक अग्नी खरेलले संविधानका विवादित विषय राज्य पुर्नसंरचना र संघियताको बिषयमा छलफल भएको बताए ।एमालेको ६ प्रदेश र एमाओवादीको ९ प्रदेशको प्रस्तावित खाकामा आधार समेत प्रस्तुत गरिएको सचेतक खरेलले बताए । अझै मसिनो ढंगबाट छलफललाई निरन्तरता दिने समेत खरेलले जनाकारी दिए ।एमाओवादीका महासचिव कृष्णबहादर महराले बैठक सकारात्मक भएको बताउदैं सहमतिबाटै छिटो संबिधान जारी गर्नुपर्नेमा एमाले पनि सहमत भएको बताए । शुक्रबारको बैठक सैद्वान्तिक मात्र भएको उल्लेख गर्दै संघियताको बिषयमा ठोस छलफल नभएकाले पुन बैठक बस्ने महराले जानकारी दिए ।दलहरुबीच शनिबार हुने वार्तामा ठोस निश्कर्ष निकाल्न दलहरुले द्विपक्षीय वार्ता थालेका हुन् । यसअघि एमाओवादीले बिहिबार साँझ सत्तारुढ नेपाली काँग्रेससँग छलफल गरेको थियो ।

उक्त छलफलमा दलहरुबीच छुट्टा–छुट्टै वार्ता गर्ने तथा शनिबार चारपक्षबीच छलफल गर्ने सहमति भएको थियो ।बालकोटमा जारी बैठकमा एमालेको तर्फबाट ओली, उपध्यक्षहरु वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल तथा नेता अग्नी खरेल सहभागि थिए । एमाओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा। बाबुराम भट्राई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी बैठकमा बसेका थिए ।पछिल्लो समय एमाले र एमाओवादी नेताबीच आरोप–प्रत्यारोप चलिपछि दुई पक्षबीच सम्बन्ध चिसो बनेको थियो । त्यसयता, दुई पक्षबीच पहिलो पटक वार्ता भएको हो । यता कांग्रेसले पनि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र मधेशी मोर्चाबीच बैठक बसेको छ । बैठकमा शनिबार हुने शीर्ष वार्ताको लागि मधेशीलाई मनाउन कांगे्रसले प्रयास गरेको छ