फागुन २९ – भारतिय चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ परेकी छन् । कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको आरोपमा गीतालाई पक्राउँन गरिएको जनाईएको छ ।
वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालकको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
कारमा गिताले अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट आएको मोटरसाइकललाई ठक्कर दिएकी छिन् ।
मोटरसाइकलमा सवार निसार नुरमोहम्मदलाई भारतको कोकिलाबेन धीरुभाइ अम्बानी हस्पिटलमा उपचार भइरहेको छ । तत्कालै पक्राउ परेकी गितालाई कोर्ट पेश पछि जमानतमा रिहा गरिएको छ । एजेन्सी
भारतिय चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ
