घुस लिएको आरोपमा विद्युत प्राधिकरणका ३ कर्मचारी पक्राउ

फागुन २८,जनकपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण जनकपुरअन्तर्गत मलङ्वा वितरण केन्द्र लालवन्दी प्रशाखाका तीन कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारले प्रशाखाका कर्मचारी रमाशंकर पासवान, ईलेक्ट्रीसियन आत्मराम ढुंगेल र सुपरभाइजर मोहन कुमार सिंहलाई पक्राउ गरेको हो ।पासवानालाई सेवाग्राहीसँग ६५ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको हो भने उक्त रकम राखिदिएको आरोपमा ढुंगेल पक्राउ परेका हुन् । सिंहले घुस लिने र दिने कार्यको मध्यस्थता गरेकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।