सहमती जुटाउँन चरणवद्धरुपमा आज छलफल हुने

फागुन २८,काठमाडौँ-संविधानका विवादीत विषयमा सहमती जुटाउँन प्रमुख ४ दलको बैठक आज बस्दै छ । विभिन्न अनौपचारीक बैठक पछि नेताहरुले आज औपचारीक छलफल गर्ने भएका हुन । लामो समयको सम्वादहिन्ता पछि शनिबार सुरु भएको प्रतिपक्ष र सत्ता पक्षविचको छलफल एमाले अध्यक्ष केपि ओली अश्वस्थको कारण स्थगीत रहँदै आएको थियो ।

काँग्रेसका एक नेताका अनुसार आजको बैठक चरणवद्धरुपमा छलफल हुनेछ । प्रधानमन्त्रि शुसिल कोइरालाले विवाद मिलाउँन विभिन्न वैकल्पीक प्रस्तावका विषयमा भने औपचारीक रुपमा छलफल गर्दै आएका छन् । प्रमुख दहरुविच संविधानका मुख्य विवादीत विषय शासकीय स्वरुप, निवार्चाच तथा न्यायप्रणालीमा कुरा मिले पनि मुख्य संघियताको विषयमा भने कुरा मिल्न सकेको छैन् । दलहरुको सहमतीको लागी भन्दै संविधानसभाको बैठक समेत अनिश्चीत बन्दै आएको छ ।