भ्रष्टाचार मुद्दामा भारतीय पूर्व प्रम सिंहलाई अदालतले बोलाएपछि

फागुन २७,काठमाडौँ –  भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई एक भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको छ । पुर्व प्रधानमन्त्री सिंहले प्रधानमन्त्री भएका बेला सन् २००५ मा गरेको भनिएको कोइलासम्बन्धी अनियमितताको मुद्दामा बयानका लागि अदालत बोलाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अरबौँ भारतीय रुपैयाँबराबरको सो मुद्दाको छानबिन जारी रहेको छ । सो मुद्दामा जारी अनुसन्धानका क्रममा भारतको विशेष अदालतले पूर्व प्रधानमन्त्री डा सिंहसहित अरु पाँचजनालाई सो मुद्दाका बारेमा प्रश्न सोध्नका लागि बोलाएको हो । उनलाई कोइलाखानी सञ्चालनसम्बन्धी अनुमति दिँदा सरकारी साधन र स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सोधपुछका लागि बोलाएको हो । त्यसको केही समयपछि देखि नै उक्त काण्डको छानबिन सुरु भएको थियो । सोही क्रममा बुधबार उहाँलाई अदालतले आगामी अप्रिल ८ मा बयानका लागि बोलाएको बताइएको छ । यो काण्डले सन् २००५ मा भारतको कोइला खानीको क्षेत्रमा निकै ठूलो तहल्का मच्चाएको थियो । एजेन्सी