अभिषेकको अँगालोमा सन्ध्या बाँधिएपछि अनमोल ट्वाँ

फागुन २४, काठमाडौं-नायक भुवन केसीले निर्देशन र निर्माण गर्न लागेको चलचित्र ‘ड्रिम’मा नायिकाको रुपमा देखिन लागेकी भिजे सन्ध्या केसी र म्यूजिक भिडियो निर्देशक तथा सञ्चारकर्मी सुरज श्रेष्ठका छोरा अभिषेक श्रेष्ठले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्राश्ना शाक्यको स्वरमा रहेको ‘मुटु नचिरिदेउ‘।’

बोलको गीतमा सन्ध्या र अभिषेकको जोडी निर्देशक श्रेष्ठले बाँधेका हुन् । मोडेल सन्ध्याले अभिषेक प्रति देखाएको उदार प्रेम सहितको अभिनयले भिडियोलाई न्याय गरेको छ । सुरज श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् ।

प्राश्नाको ‘महशुस–२’ मा समेटिएको गीतलाई सतिश श्रेष्ठले संगीत भरेका छन् । सुकबहादुर गुरुङको शब्द रहेको गीतलाई नव कलाकारको अभिनयले थप चर्चामा ल्याएको छ ।