प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच छलफल

फागुन २२, काठमाडौ – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच आज छलफल भएको छ । छलफलपछि दलहरुविच औपचारिक वार्ताको तिथि समेत तय भएको छ ।

‘भोली बिहान बालुवाटारमा ३० दल र सत्तापक्षका दलहरुवीच वार्ताको मिति तय भएको छ, एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभएकोृ छ । सकारारत्मक वातावरण बनेकाले भोलि औपचारिक वार्तामा बस्ने सहमति भएको उहाँले बताउँनु भएको हो ।
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले औपचारिक वार्तामा बस्ने निर्णय भएपछि वार्ताको एजेन्डाका विषयमा मोर्चाभित्र अनौपचारिक छलफल गर्ने गृहकार्य सुरु गरेका छन् ।
औपचारिक वार्ताका लागि ३० दलीय मोर्चाको विहीबारको बैठकले प्रचण्डलाई म्यान्डेट दिएको थियो । एमाओवादी नेतृत्वको मोर्चाले सत्तारुढ दलसँग औपचारिक वार्तामा बस्ने निर्णय गरेसँगै दुवै पक्षविच छलफलको वातावरण सुरु भएको छ