बैठकमा ओलीले एमाले नेपाली राजनीतिको केन्द्रमा रहेकाले खुल्लामञ्चको आमसभामा एमाओवादी आफूमाथि खन्निएको विश्लेषण सुनाएको पनि ज्ञवालीले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको सोमबारको बैठकमा दिएको जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आफूले यस्तो प्रस्ताव गरेको जानकारी दिएका थिए ।
एमालेका एक स्थायी कमिटी सदस्यले दिएको जानकारीअनुसार, एमाओवादीको आमसभापछि विकसित परिस्थितिबारे छलफल भएको उक्त बैठकमा प्रधानमन्त्री कोइरालाले बैशाख ११ वा जेठ १५ मै संविधान बनाउन जरुरी नभएको बताएका थिए ।
‘प्रधानमन्त्रीले सरकारको आयु कांग्रेसको भदौमा हुने महाधिवेशनसम्म धकेल्न खोजेको देखियो,’ उनले जानकारी दिए, ‘छलफलमा बरु कानूनमन्त्री नरहरि आचार्य र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले प्रधानमन्त्रीको भनाइलाई सच्याउने प्रयास गरेका थिए ।
एमाले अध्यक्ष ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक छलफल गरेपछि कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
कांग्रेस-एमाले बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षत्रय वामदेव गौतम, विद्या भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरू सहभागी थिए । अन्नपुर्ण पोष्टमा खबर छ ।
कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गर्न दुई पार्टीबीच भएको सात बुँदे सहमतिमा कोइरालालाई ०७१ माघ ८ सम्मका लागि प्रधानमन्त्री बनाउने, माघ ८ मा संविधान बनाएपछि प्रधानमन्त्री कोइराला, राष्ट्रपति रामवरण यादव, संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजीनामा गर्ने उल्लखे थियो ।
माघ ८ मा संविधान बनाएपछि एक महिनाभित्र नयाँ सरकारलगायत राज्यका महत्वपूर्ण पदहरूको निर्वाचन एक महिनाभित्र गर्ने उल्लेख थियो । त्यसपछि नयाँ सरकारको नेतृत्व एमालेलाई दिने भन्ने पनि ‘भद्र सहमति’ भएको एमालेको भनाइ छ ।