मुलुकलाई राजनेताको खाँचो छ, त्यो अभाव पुर्ती गर्न तयार छु-प्रचण्ड

फागुन १८, झापा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले  मुलुकलाई निकास दिन एकजना राजनेताको खाँचो रहेको औंल्याएका छन् ।  झापाको विर्तामोडमा नवनिर्मित बी एण्ड सी मेडिकल कलेजको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले  नेपाली जनताले चाहे आफूले त्यो भूमिका निर्वाह गर्न सक्ने दावी समेत गरेका छन् ।

संविधानसभाबाट संविधान निर्माणका लागि वातावरण बनाउन सत्तासाझेदार दल कंग्रेस एमालेलाई आग्रह गरेका छन् । आफूहरु सहमति र संवादबाटै अघि बढ्न चहेको भन्दै उहाँले वातावरण बने तत्काल वार्तामा बस्न तयार रहेको बताए । “तपाईहरुले तरवार झिक्नु भो, तरवारकै डरले माघ ५ गते रातिको घटना भयो । ११ गते राति त तरवार चलाउनै खोज्नुभो अनि हामीसंग भाग्नुको विकल्प नरहेको बताए ।

संविधानसभामा अघि बढेको प्रक्रियालाई भोटे ताल्चाको संज्ञा दिदै उनले वार्ता अघि बढाउन सत्तारुढ दलले सो ताल्चा र बहुमतको तरवार हटाउनु पर्ने बताए ।  अध्यक्ष दाहालले संविधानसभाबाटै संविधान बनाउनुपर्छ भनेर शान्ति सम्झौतामा हस्ताक्षर गरी सेना समायोजन गर्ने र हातियार बुझाउने पार्टीलाई कंग्रेस एमालेले उल्टै संविधान नचाहने शक्तिको रुपमा प्रचार गरेको गुनासो गरेका छन् ।