फागुन १७, काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु वार्ता गर्न तयार रहेको बताएका छन् । यदी सरकारले चाहे तुरुन्तै आज नै आफुहरु वार्तामा बस्न चाहेको उल्लेख गरेका प्रचण्डले अब सरकारले यस विषयलाई कति संवेदनशिल तरिकाले लिन्छ त्यसमा भर पर्ने उल्लेख गरे ।
संविधान सभाको संवैधानिक समितिमार्फत संविधान लेखन प्रक्रिया अगाडि बढाउन सत्ताधारी दल तयार भए जुनसुकै बेला आफुहरु वार्ताका लागी तयार रहेको बताए । हिजो नयाँबानेश्वरमा प्रहरीसँगको झडपमा घाइते भएका कार्यकर्तालाई कान्तिपुर अस्पतालमा भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण हुने बताउँदा बताउँदै सरकारले कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउदै आपत्ति जनाए ।