श्रृंखलाबद्ध बम विष्फोटमा ३० भन्दा बढीको मृत्यु

फागुन १४  एजेन्सी -इराकको राजधानी बग्दाद र आसपासका क्षेत्रमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । हिजो साँझ भएका दुई छुट्टाछुट्टै बम आक्रमणमा २५ जनाको मृत्यु भएको हो । त्यस्तै अर्को आत्मघाती बम आक्रमणले एक चिया पसल ध्वस्त बनाउदा अन्य ५ जनाको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

चिया पसलमा विष्फोट गराइएलगत्तै सडकमा एक कार बम विष्फोट भएको बीबीसीले जनाएको छ । श्रृंखलाबद्ध विष्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । यद्यपी इस्लामिक स्टेट आइएसले सो आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ ।

पछिल्लो समय आइएसको आतंकवादी गतिविधिले बगदादमा अशान्ति फैलिएको छ । आइएसको आतंकवाद नियन्त्रणका लागि उसको प्रभाव क्षेत्र रहेका विभिन्न मुलुकमा अमेरिकाले हवाई आक्रमण जारी राखेको छ ।