एमाले युवा संघ विभाजनतर्फ, असन्तुष्ट पक्षको छुट्टै भेला

फागुन ११, काठमाडौं- नेकपा एमालेको भातृ संगठन युवा संघ फुट नजिक पुगेको छ ।संस्थापनले केन्द्रीय समितिको बैठक बोलाएकै समयमा असन्तुष्ट पक्षले अर्को बैठक राखेपछि युवा संघको विवाद उत्कर्षमा पुगेको हो ।नीरु पाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट बनेको उपाध्यक्ष दिलु पन्त नेतृत्वको समूहले बानेश्वरको होटल अर्यालमा समानान्तर बैठक राखेपछि युवा संघ विभाजन उन्मुख भएको हो । विधान विपरित एकपक्षीय रुपमा पदीय भागभण्डा गरिएको असन्तुष्ट पक्षको आरोप छ ।युवा संघका केन्दीय सदस्य नरेशकुमार शाहीले संस्थानपन पक्षले संघको विधान विपरित काम गरिएकाले छुट्टै बैठक राखेको जानकारी दिनुभयो ।उहाँले विधान विपरितको कदम नसच्चिएसम्म संस्थापन पक्षको बैठकमा कुनै पनि हालतमा सहभागि नहुने बताउनुभयो ।

यता संस्थापन पक्षले बानेश्वरकै अल्फाविटा कम्प्लेक्समा बैठक राखेको छ । संस्थापन पक्षले सबै पदाधिकारी तथा सदस्यलाई आमन्त्रण गरेको जनाउँदै चित्त नबुझेका कुरा बैठकमा राख्न आग्रह गरेको बताइएको छ ।तर, संघलाई विभाजित गर्दै समान्तरण बैठक गरिए असन्तुष्ट पक्षलाई कारवाहि गर्ने संस्थापन पक्षले चेतावनी दिएको छ ।