प्रकाशमानलाई विपक्षीले देखाए कालो झण्डा

फागुन ११,सप्तरी – उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई विपक्षी ३० दलीय मोर्चाका कार्यकर्ताहरुले सप्तरीमा कालोझण्डा देखाएका छन् । काठमाडौंबाट विराटनगर हुँदै उहाँ आज सप्तरी पुग्नु भएको थियो । यसअघि विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले अबको पाँच महिना भित्र संविधान जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गनुृभयो ।

उहाँले जनमतलाई कदर गर्दै प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताउनुभयो ।विपक्षी दलहरुसँग छलफलका लागि भनेर हाल संविधान सभाको बैठक स्थगित गरिएको भन्दै सिंहले अब काम नरोकिने बताउनुभयो । सहमति खोज्ने नाममा संविधान निर्माणलाई बन्धक बनाउन नहुने उहाँको भनाइ थियो ।