सिमरा आन्दोलन ९ दिनमा प्रवेश, बिभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा

फागुन ११,बारा-९ दिनमा प्रवेश गरेको सिमरा आन्दोलन आज पनि जारी छ । हिजो भएको हिंसात्मक आन्दोलनलाई मध्यनजर गर्दै आज आन्‍दोलन थप चर्किन नदिन स्थानीय प्रशासनले सुरक्षा सर्तकता कडा पारेको छ ।

सर्वपक्षीय सुरक्षा निकायको बैठक गरेर पूर्व पश्चिम राजमार्गको धन्सार खोला पुलदेखि पथलैया हुँदै उत्तरी सिमाको चुरेमाई सम्‍मको सडकखण्डको दायँबाया २ सय मिटर क्षेत्र र त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुरको ज्‍योतिफर्मको सडकखण्डको दायँबाया २ सय मिटर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो ।

मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाको माग राखेर स्थानीयबासिन्दा र प्रहरी बीचको झडपले स्थिति असहज बनेपछि बाराको स्थानीय प्रशासनले सिमराका विभिन्‍न ठाउँमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।