फागनु १६ मा हल्लिँदैछ हेटौडा

फागुन ११,काठमाडौँ-फागनु १६ गते हटौडा , भरपुर लगाएतका स्थानमा स्थानीयहरुले मनोरञ्जन पाउने भएका छन् । १६ गते नेपालका चर्चित गायक गायिकाहरुको हेटौडाको हुप्रा चौरमा जमघट हुँदैछ । हुप्रामा नबिन के भट्टराई, सुगम पोख्रेल, गिरीस खतिवडा, इन्दिरा जोशी, कमल खत्री, आस्था बी लगाएतका चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुती पस्तुत गर्ने छन् । १६ गते हेटौडाको हुप्रामा हुने च्यारीटीमा हजारौँ दर्शक आउने आकलन गरिएको छ । १६ गते हुप्रा मनोरम दृश्यले हल्लने छ । साथै हुप्रामा आयोजना भएको सास्कृतिक कार्यक्रमबाट संकलन भएको रकमको ३५ प्रतिशत र सहभागी कलाकारको पारिश्रमिकबाट २५ प्रतिशत दुबै मृगौला फेल भई उपचार गराईरहेका राजु सापकोटाकालागि खर्च हुने छ । फेम नेपालले सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिन यो कार्यक्रमको आयोजना गरेको फेमका प्रवन्ध निर्देशक विमल पछाईले बताए  ।