एमाले स्थायी समिति बैठक फेरि पनि स्थगित

फागुन १०,काठमाडौँ-एमाले स्थायी समितिको बैठक आज पनि बस्न नपाई स्थगित भएको छ। शीर्ष नेताहरु काठमाडौँ बाहिर भएकाले आजको बैठक स्थगीत गरिएको सचिव योगेश भट्राइले जानकारी दिए । यसैबिच फागुन १२ गते बाँकी रिक्त स्थानमा केन्द्रीय सदस्य मनोनयनका लागि बैठक बस्ने समेत उनले बताए ।

एमालेलेले महाधिवशेन भएको लामो समयसम्म पनि नेताहरुको कार्यविभाजन गर्न सकेको छैन भने केन्द्रीय सदस्य मनोनयन गर्न सकेको छैन। शीर्ष नेताहरुले निकटलाई आगामी महाधिवेशनलाई समेत प्रभाव पर्ने गरि जिम्मेवादी दिन खोजेपछि कार्य विभाजनमा विवाद हुँदै आएको छ।

एमालेले नवौँ महाधिवेशबाट पाँच उपाध्यक्ष, तीन उपमहासचिव र पाँच सचिव चयन गरेपनि कार्यविभाजन गरेको छैन। असार १९ गते सुरु भएको एमाले महााधिवेशन साउन १ मा सकिएपनि कार्यविभाजन हुन सकेको छैन।