अनाथ बालबालिका लागि २ करोडको भवन

ईमेल खबर
काठमाडौं, १० फागुन ।
द्वन्द्वपीडित र अनाथ नेपाली बालबालिकाको शैक्षिक विकासका लागि अस्ट्रेलियन दाताले २ करोडको भवन निर्माण गरेका छन् । दाताले नेपाल दलित महिला उत्थान केन्द्रले सञ्चालन गरिरहेको कुमारी विद्या मन्दिरको भवन निर्माणमा उक्त रकम सहयोग गरेका हुन् ।
भवनको आईतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । अस्ट्रेलियन रोटरी क्लबका पूर्व अध्यक्ष माल्कम लिक्वेस्टर सहितको ११ जनाको समुहले उक्त सहयोग गरेको हो ।
पारिवारिक स्थित कमजोर भएका र अविभावक नभएका बालबालिकाको शैक्षिक विकासका लागि अझ पनि सहयोग गर्ने लिक्वेस्टरले बताए । “नेपाली बालबालिकाको शैक्षिक विकासका लागि सहयोग गर्नु पाउनु सुनौलो अवसर हो,” कुमारी विद्या मन्दिरको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, “अरु नेपाली बालबालिकाको शैक्षिक विकासमा पनि सहयोग गर्ने सोच बनाएका छौं ।”
दलित महिला उत्थान केन्द्रले सञ्चालन गरिरहेको उक्त विद्यालयमा हाल ६० जना अनाथ तथा असहाय वावालिका अध्ययनरत छन् । जसमध्ये ४ जना द्वन्द्वपीडित, ५० जना अनाथ र ६ जना आर्थिक अवस्था न्युन भएका परिवारका छन् । School Building
उनीहरुको सम्पूर्ण शैक्षिक खर्च स्कुललेनै बेहोर्दै आएको स्कुलकी संस्थापक राजन विश्वकर्माले बताईन् ।