एसिड आक्रमणमा घाइते दुई युवतीको उपचार जारी, घटना संकास्पद

फागुन १०,काठमाडौँ – राजधानको बसन्तपुरमा आज विहान भएको एसिड आक्रमणमा परी घाइते बनेको दुई युवतीको उपजार भइरहेको छ । काठमाडौंको बसन्तपुरमा ट्यूसन सेन्टर बाहिर बसिरहेका बेला ४ जनाको समुहमा माक्स लगाएर आएको अज्ञात समुहले एसिड आक्रमण गरी फरार भएका थिए ।

घटनामा घाइते बनेकी संगीता मगरको राजधानीको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ भने घटनामा सामान्य घाइते सिमा बस्नेतले आफुलाई यस विषयमा केही पनि जानकारी नभएको बताइन् । उनको वीर अस्पतालमा उपचार जारी छ । गम्भिर घाइते मगरकी आमाले छोरी निकै सिधा भएकाले कस्ले किन आक्रमण गर्यो भन्ने विषयमा आफु अनभिज्ञ भएको बताइन् । प्रहरीले घटनामा संलग्नको खोजीकार्य तीव्र पारिएको बताएको छ । घटना आज विहान ६ बजे घटेको थियो ।