अझै घटेन सवारी भाडा, पन्ध्रदिन भित्र कच्चि सडकको मात्र घटाइने

फागुन १०, इलाम-सरकारले सार्वजनिक सवारीको भाडा घटाए पनि अन्य केही जिल्लामा जस्तै इलाममा पनि यसको कार्यन्वयन हुन सकेको छैन । जसले गर्दा यात्रुहरु ब्यवसायिले जति भन्यो त्यति भाडा तिर्न बाध्य बन्दै आएका छन् । पेट्रोलियम पदार्थमा आएको गिरावट सँगै सरकारले यातायात  व्यवसायीकै सहमतिमा हप्तादिन अघि भाडा घटाउने निर्णय गरेको थियो । तर इलाममा भने घटेको भाडा  कार्यन्वयन गर्न ब्यबसायिहरु आनाकानि गर्दै आएका छन् । यस बिषयमा जिल्ला प्रशासन कार्यालय इलामले पनि खासै पहल नगरेको पाइएको छ ।