फागुन ८, काठमाडौँ – विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि सञ्चारकर्मीको भौतिक एवम् व्यावसायिक सुरक्षाको स्थिति चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
युनेस्कोको सहयोगमा विकास सञ्चार समाज नेपालद्वारा गर्न लागिएको सञ्चारकर्मीका लागि ‘राष्ट्रिय सञ्चार सुरक्षा’ विषयको अनुसन्धानबारे शुक्रबार आयोजित छलफलमा सहभागी वक्ताहरूले नेपालमा
उनीहरुले नेपालमा सञ्चारकर्मीको सुरक्षा अवस्था दिनप्रतिदिन कमजोर बनिरहेको बताए । सञ्चारकर्मीको सुरक्षा विषयमा गर्न लागिएको अनुसन्धानले विद्यमान अवस्थाको विश्लेषण गर्दै त्यस सम्बन्धमा थप आधार पत्ता लगाउने डा निर्मलमणि अधिकारीले बताउनुभयो ।
विचार सञ्चार समाज नेपालका अध्यक्ष डा पियुष मिश्रले अनुसन्धानले सञ्चारकर्मीको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक श्रीरामसिंह बस्नेतले आम सर्वसाधारणको सुरक्षा नै नभएका अवस्थामा पत्रकार सुरक्षित बन्न नसक्ने भएकाले पेसागत सुरक्षाका लागि सर्वसाधारणको सुरक्षा विशेष महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो–“गैरपत्रकारका कारण कतिपय स्थानमा पत्रकार हुँ भन्न लाज लाग्ने अवस्था समेत देखिएको छ । पत्रकारलाई सूचना विभागले वितरण गर्ने प्रेस कार्ड वितरण पनि अव्यवस्थित हुनु पनि आफँैमा समस्या हो ।”
राजनीतिक समूहका चाहनालाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार, कालोबजारी जस्ता कारण पत्रकार असुरक्षित बन्ने गरेको उहाँको भनाइ छ ।
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले नेपाली समाजमा पत्रकारिता पेसा अझै पनि असुरक्षित रहेको चर्चा गर्दै उनीहरूको भौतिक सुरक्षाका साथै पेसागत तथा प्रशासनिक सुरक्षाको विषय पनि अनुसन्धानमा समावेश गरिनु आवश्यक भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति सुरेश आचार्यले पछिल्ला समयमा बढिरहेको प्रेस पासको दुरुपयोग पत्रकारको सुरक्षाका लागि चुनौतीपूर्ण बनेको बताउनुभयो ।
“प्रेसपासको बढ्दो दुरुपयोगका कारण सुरक्षा गर्न खोजिएको पत्रकार नै को हो भन्ने कुरा पनि गम्भीर चुनौतीका रुपमा देखिएको छ” – उहाँले भन्नुभयो ।
सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले पत्रकार आचारसंहिताको पालना गर्ने योग्य पत्रकार खासै समस्यामा नपरेको उल्लेख गर्दै आचारसंहिताको सही कार्यान्वयन पनि पत्रकार असुरक्षालाई न्यून गर्न सक्ने महत्वपूर्ण उपाय हुने बताउनुभयो ।
युनेस्कोकी पत्रकार सुरक्षा विज्ञ रेता पोएठारीले अनुसन्धानले नेपालका पत्रकारको सुरक्षामा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चारिका समूहकी कोषाध्यक्ष विमला तुम्खेवाले पत्रकार आचारसंहिताको सही कार्यान्वयन गर्न सके मात्र पनि पत्रकारको बढ्दो असुरक्षा कम हुने उल्लेख गर्नुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि सुरेश मल्ल, पत्रकारिता विषयका अध्यापक शरत्चन्द्र वस्ती, पत्रकार विमल गौतम, विचार सञ्चार समाज नेपालका महासचिव प्रकाश घिमिरेलगायतले पत्रकारभन्दा पनि गैरपत्रकारका कारण पत्रकारहरू समस्यामा परेका कारण सही पत्रकारको छनोटका लागि सञ्चारमाध्यम गम्भीर बन्नुपर्ने बताउनुभयो ।