फागुन ८, काठमाडौँ – विश्वकप क्रिकेट प्रतियोगितामा ईङल्याण्ड आयोजक न्युजिल्याण्डसँग लज्जास्पद पराजय ब्योहोरेको छ। न्युजिल्याण्डका बलर टिम साउदीले ७ विकेट लिएपछि ईङल्याण्ड ३३ ओभरमा १सय २३ रनमात्र बनाउन सफल भएको थियो। जवाफमा ब्याटिङ गर्न ओर्लेको न्युजिल्याण्डका कप्तान ब्रानडेन म्याकलमले धुवाँदार ब्याटिङ गर्दै २५ बलमा ७७ रन बनाएका थिए। न्युजिल्याण्डले उक्त खेल १३ ओभरमा २ विकेटको क्षतिमा जित हात पारेको थियो। खेलका प्लेयर अफ द म्याच न्युजिल्याण्डका टिम साउदी घोषित भएका थिए।्
न्युजिल्याण्डद्धारा ईङल्याण्ड पराजित
