६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस,विविध कार्यक्रम गरी सम्पन्न

फागुन ७, काठमाडौँ – आज फागुन ७ गते, ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवशको अवसरमा सरकारले राजधानीको सैनिक मन्चमा विषेश समारोेहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, संवैधानिक निकायका प्रतिनिधि, मन्त्रीहरु, सभासद र कुटनीनितिक क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय सेवा दल र नेपाल स्काउटले मार्चपास गरेका थिए ।काठमाडौ, भक्तपुर, र्कीतिपुर, ललितपुर, मध्यपुर थीमि नगरपालिकाको तर्फबाट साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिएको थियो भने नेपाली सेनाको विमानबाट ‘प्रजातन्त्र दिवस २०७१’ अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्ने काममा जुट्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले सरकार संविधानसभालाई सार्थक बनाएर संक्रमणकालको अन्त्य गर्ने प्रयासमा रहेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाल ेसबै दलसँग संवाद जारी राखेको उल्लेख गर्दै नयाँ संविधानमा सबै जाति, भाषा र धर्मको अधिकार सुरक्षित हुने दाबी पनि र्गनुभयो । एकता र मेलमिलाको आधारबाट नयाँ संविधान जारी गरी देशलाई समृद्धिमा लैजानुपर्ने भन्दै उहाँले आग्रह–पूर्वाग्रह त्याग्न सबै दललाई आग्रह पनि र्गनुभयो ।

दिवशको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयाजना भइरहेका छन् । सरकारले हिजोबाट तीन दिनसम्म विभिन्न कार्यक्रम गरी राष्टिय प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दल, तथा पूर्व राजाले समेत शुभकामना दिनु भएको छ । आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति डा. रामवरण यादवले माघ ८ मा संविधान जारी गर्ने महत्वपूर्ण क्षण गए पनि अब संविधान निर्माणको काममा अलमल नगर्न सुझाव दिनुभएको छ । उहाँले प्रजातन्त्रका लागि ज्यानबाजी लगाउने सहिदप्रति श्रद्धाञ्जलि एवम् नेपाली जनताका लागि चिरस्थायी उपहारका रूपमा सबै मिलेर नयाँ लोकतान्त्रिक संविधान सकेसम्म चाँडो जारी हुने पनि बताउँनु भएको छ ।