केटाको पक्षबाट बिहे भइसकेकी बुहारी दाइजो कारण लैजान नमानेपछि प्रीति पतिकै घरमा गएर धर्नामा बसेकी थिइन् । युवतीका परिवारले दुबैपक्षबीच सहमतिमै बिहे भएपनि केटापक्षले मागेजति दाइजो नदिएको भन्दै आफूहरुलार्इ दु:ख दिएको गुनासो गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
धिरज र उनको परिवारले भने आफ्नो तर्फबाट मनाउँदा पनि केटीपक्ष नमान्दा यो अवस्था आएको दाबी गरेको छ। केटालार्इ अपरहण गरेर जबरजस्ती बिबाह गराउँदा यो घटना भएको केटापक्षले जिकिर गरेका छ्न् ।
बिहारस्थित मन्सुरचकका प्रमुख सर्वजीत कुमारका अनुसार केटाका भाइले दाजुको जबरजस्ती बिहे हुन लागेको भन्दै उजुरी दिएका थिए । उनले उजुरीमा धिरजको अपहरण प्रीतिसँग बिहे गराइदिन गरेको उल्लेख गरेका थिए ।
सर्वजीतका अनुसार पुलिसले खोजतलास गर्दा धिरजको बिहे भइसकेपछि उनलार्इ केटीकै घरमा फेला पारिएको थियो । बिहे हुनुअघि धिरजलार्इ अपहरण गरेको अभियोगमा प्रीतिका पितासहित केही मानिससमेत गिरफ्तार भइसकेका थिए ।
बिहार महिला आयोगकी सदस्य रिना कुमारीले यो मामिलामा प्रीतिको कुनै गल्ती नभएको जनाउँदै उनलार्इ न्याय दिलाउने जनाइन् । त्यसैगरी सामाजिक कार्यकर्ता तथा पटना विश्वविद्यालयकी प्राध्यापक डेजी नारायणले यसलार्इ ‘मध्ययुगीन परम्परा’ को संज्ञा दिँदै यो समस्यामा दाइजो कारण आएको बताइन् । बिबिसी