फागुन ६, काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा बंगलादेश विजयी भएको छ । बंगालदेशले अफगानिस्तानलाई १ सय ६ रनले हरायो । क्यानबेरामा जितका लागि २ सय ६८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४२।५ ओवरमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो, यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ६७ रन बनाएको थियो । मुस्फिकर रहिमले ५६ बलमा ७१ रन बनाए । यस्तै सकिब अल हसनले ६३ र अनमुल हकले २९ रन जोडे । ७१ रन बनाउँदै खेलको म्यान अफ द म्याच भएका बंगलादेशका रहिमले जितले खुसी भएको प्रतिक्रिया दिए । ‘ओपनरले धैरै रन जोड्न सकेनन्, तर पनि यो जितको श्रेय उनीहरुलाई पनि जान्छ ।’ उनले थपे ‘किनकी यो पिच सुरुमा ब्याटिङ गर्न निक्कै कठिन थियो, हाम्रा ओपनरले डटेर खेले ।’
विश्वकप क्रिकेटमा बंगलादेशद्धारा अफगानिस्तान पराजित
