सुरु गर्यो गुगलले एन्ड्रोइड वान स्मार्टफोनको अनलाइन बिक्रि

फागुन ६,काठमाडौँ-पछिल्लो समय अत्याधुनिक प्रविधिसँग साक्षात्कार गरिरहेको नेपाली बजारले एक पछि अर्को गर्दै नयाँ नयाँ प्रविधिसँग घुलमेल हुने क्रम बढ्दो छ । यसैबिच नेपालको  आधिकारिक बिक्रेता ज्योति ग्रुपले गुगलले बनाएको  एन्ड्रोइड वान स्मार्टफोन नेपाली बजारमा ल्‍याएको छ। नेपाल लगायत विकासोन्‍मुख मुललका लागि भन्‍दै गुगगले तयार पारेको ड्रिम उनो एमआई ४९८ मोडेलको समार्ट फोन नेपाली बजारमा भित्र्याएको हो।

सो फोनलाई एन्ड्रोइड वान नेपाल कम्पनी कार्वन, माइक्रोम्याक्स र स्पाइससंगको सहकार्यमा तयार पारिएको हो। उक्त स्मार्ट फोन आज९सोमबार० बिहान ११बजे देखि ओहोबजारको ९वेबसाइटर अनलाइन एप्स०बाट बुकिङ खुल्‍ला गरिएको छ।  यसको मूल्‍य नेपाली बजारमा ११ हजार ९ सय ९० रुपैँया राखिएको छ।

नेपाली बजारमा पहिलो पटक भित्रिएको यो स्मार्ट फोनमा थ्रिजी सेवाका डुअल सिम कार्ड,१।३ गिगाहर्जको क्वाड कोर प्रोसेसर, एन्ड्रोइडको ४।४।४ किटक्याट अपरेटिङ सिस्टम समाहित छ।  साढे चार इन्चको आईपिएस डिस्प्ले भएको एन्ड्रोइड वान स्मार्टफोनमा ३२ जिबिसम्म स्टोरेज क्षमता रहेको छ।साथै पाँच मेगापिक्सेलको अटोफोकस क्यामरा तथा सेल्फि खिच्नका लागि अगाडीको भागमा दुई मेगापिक्सेलको क्यामरा जडान गरिएको छ।
स्मार्ट फोनको अपरेटिङ सिस्टमलाई चाडैं नै एन्ड्रोइड ललिपपमा लैजाने कम्पनीले जनाएको छ।