फागुन ५,काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री बामदेब गौतमले संवाद र छलफलबाटै जेठभित्र संविधान जारी हुने बताउनु भएको छ । महाशिवरात्रीको अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले विपक्षीसँग पनि सहमतिको प्रयास जारी रहेको भन्दै संवाद र छलफबाटै संविधान जारी हुने जानकारी दिनुभयो । गृहमन्त्री गौतमले देशमा शान्ति, प्रेम र सद्भावमा ब्रम्हाकुमारीको योगदानको चर्चा गर्दै महाशिवरात्रीको शुभकामना दिुभयो ।
संवाद र छलफलबाटै जेठभित्र संविधान जारी हुने -गृहमन्त्री गौतम
