फागुन ५,काठमाडौँ -आज सेना दिवस । नेपाली सेनाले विविध कार्यक्र गरी ‘सेना दिवस’ मनाउँदैछ । दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डालेराजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ ।
मुलुकका विभित्र भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम हुँदैछन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । त्यस क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ । १८१९ सालबाट साङ्गठनिक स्वरूपको सुरुआत भएको नेपाली सेनामा अहिले करिब ९५ हजार जनशक्ति छ । नेपाली सेनाका ४ हजार ३ सय २२ फौज विश्वभरका १४ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थमा परिचालित छन् ।