अख्तियारका क्षेत्रीय कार्यालय धनकुटाका शाखा अधिकृत घुस लिदालिदै पक्राउ

फागुन ३,धनकुटा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्याल्य धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवाली घुस लिदालिदै पक्राउ परेका छन् ।ज्ञावली धनकुटाको ताङखुवा गाविसका तत्कालिन सचिव उपर परेको उजुरी मिलाइदिन्छु भनि सेवाग्राहीसग १ लाख ५० हजार रुपैया घुस लिदै गर्दा पक्राउ परेको अख्तियारले जनाएको छ ।

अख्तियारले आङ्खनै कर्मचारीले घुस लिएको पुष्टि भएको उल्लेख गर्दै ज्ञावली बिरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) द्वारा अन्तर्गत कसुर गरेको पुष्टि हुन आएकोले शाखा अधिकृत ज्ञिवाली लाई एक लाख पचास हजा विगो कायम गरी सोहि ऐनको दफा ३(१) र ३(१)(घ) बमोजिम सजाय हुन आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।